सेयर बजारमा ५६.८८ अङ्कको वृद्धि

काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अंकले बढेकाे छ । बुधबार घटेकाे सेयर बजार बिहीबार बढेकाे हाे । 

बिहीबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । बुधबार घटेकाे सेयर बजार बिहीबार बढेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेकाे छ ।

२५७ वटा कम्पनीकाे ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । बिहीबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड १४ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालयन उर्जा, सानिमा लाइफ, श्रीजनशील लघुवित्त, धैलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत गंगाको शेयरमा सकारात्मक सर्किट लागेको हाे । यस दिन नेपाल बैंक डिबेञ्चर २०८७ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : ३२ बजे