पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै

पोखरा । पोखरामा हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । 

फागुनमा प्रदेशभरका जिल्लाका खेलाडीबीच  फुटसल प्रतियोगिता गर्न लागिएको हो । त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । 

हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीबाट मात्रै ८ र अन्य जिल्लाका ८ गरी १६ टीमबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले नगद १ लाख पाउने छन् भने उपविजेताले ५० हजार पाउने छन् । 

कास्कीबाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ११ : २२ बजे