सुनको मूल्यमा नयाँ कीर्तिमान

कोभिड रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता

विरगञ्ज । छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । 

इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गर्नुभएको छ  । उहाँले हेल्थ डेस्कको निरीक्षणका क्रममा वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिनुभएको छ।

हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उहाँले आग्रह गर्नुभएको छ ।

 

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : २५ बजे