‘चीनमा कोभिड केस बढ्दैमा भारतीय त्रसित हुनु पर्दैन’

नयाँ दिल्ली – चीनमा हाल कोभिडमा भइरहेको वृद्धिले भारतलाई प्रभाव नपार्ने भन्दै भारतीय विज्ञहरुले मानिसहरुलाई सावधानी रहन र मास्क लगाउन अनुरोध गरेका छन् । छिमेकी चीनमा संक्रमण बढेपछि भारतले कोभिडलाई लिएर निगरानी बढाएको बीबीसीले जनाएको छ । 

चीन र एसियाका अन्य चार देशबाट भारत प्रवेश गर्ने व्यक्तिले कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने भएको छ । संक्रमण वृद्ध भएमा अस्पतालको क्षमताको जाँच गर्न मंगलबार अभ्यासहरू सम्पन्न गरिएका थिए । 

सरकारको तथ्यांकअनुसार भारतमा अहिले कोभिडका सक्रीय संक्रमितको संख्या ३४ सय छ । तर, चीनमा भएको वृद्धि र सन् २०२० र सन् २०२१ मा भएका दुई वटा घातक लहरको स्मरणले धेरै भारतीय चिन्तित बनेका छन् । 

तर, विज्ञहरुले तत्काल डराउनु पर्ने आवश्यकता नरहेको जनाएका छन् । ‘चीनमा संक्रमणको बृद्धि अपेक्षित रेखामा छ । यदि तपाइँसँग भाइरसको सम्पर्कमा नआएको सम्वेदनशील जनसंख्या छ भने, केसहरू बढ्नेछन् । भारतलगायत विश्वका बाँकी भागहरूमा केही परिवर्तन भएको छैन’, महामारीविद् डा. चन्द्रकान्त लहरियाको भनाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एजेन्सी 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : ५२ बजे