मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

सत्ता गठबन्धनको छलफल, माधवकुमार नेपालसमेत जाँदै

काठमाडौँ। नयाँ सत्ता समीकरण बनेपछि बनेको सत्ता गठबन्धनको शीर्ष नेताबीच आज छलफल हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातेदारको रहेको ललितपुरको एक सिटी स्केप अपार्टमेन्टमा अहिले छलफल भइरहेको छ।

बैठकमा रास्वपाका अध्यक्ष एवम् गृहमन्त्री रवी लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ । बैठकमा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुन जाँदै हुनुहुन्छ ।

पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली–नेपालबीच संवाद भएको हो। प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगेका थिए।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : ५३ बजे