प्रधानमन्त्रीको सरकारी ट्वीटर एकाउन्टमा अझै पनि देउवा कै तस्विर

काठमाडौँ – सरकारी ट्वीटर एकाउन्टमा अझै पनि प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाको तस्विर रहेको छ ।

सामाजिक सञ्जाल ट्वीटरको एकाउन्टमा पिएमओ नेपाल ह्याण्डलमा नेपाली कांग्रेसका सभापति देउवाको फोटोसहित उनी नै नेपालको प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ । 

६ लाख ७६ हजार फलोअर्स रहेको उक्त एकाउण्ट अझै सम्म प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई हस्तान्तरण नगरिएको प्रष्ट छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : ०७ बजे