मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । 

भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई दिनुभएको हो । 

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । 

भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु ।”

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : १८ बजे