नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने

काठमाडौँ – नयाँ प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम सोमबार हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज साँझ दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी गरिने शीतलनिवास स्रोतले जनाएको छ । 

अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेशगर्नुभएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ०३ बजे