बहुमतको पत्र आइसक्यो, आज शपथ हुने सम्भावना कम : राष्ट्रपति कार्यालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ ।

बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो । उहाँले दलका नेताहरू राष्ट्रपति भवन आउने क्रम चलिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । ‘आजै शपथ हुन्छ जस्तो मलाई लाग्दैन, केही तयारी गर्नुपर्ला, त्यसैले भोलि हुन सक्छ’, ढकालले भन्नुभयो । 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : ५२ बजे