१५ कराेडको युरेनियमसहित ३ जना पक्राउ

काठमाडौँ  – सशस्त्र प्रहरीले ३ जना युवकलाई २ केजी ५ सय २० ग्राम युरेनियमसहित पक्राउ गरेकाे छ ।

बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित जीतपुर मुख्य बजारमा रहेको आदित्य हाेटेलबाट सशस्त्र प्रहरीले  ३ जना युवकलाई युरेनियमसहित पक्राउ गरेकाे हो ।

सशस्त्र प्रहरीकाे नेपाल इन्टेलिजेन्स केन्द्रीय ब्युराेले जीतपुरसिमरा उपमहानगर ५ का २९ वर्षीय रवि चाैधरी, ३० वर्षीय सागर चाैधरी, राैतहटकाे माधवनारायण नगरपालिका २ का २२ वर्षीय वृज सहनीलाई युरेनियमसहित पक्राउ गरेकाे सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले बताए । 

स्राेतका अनुसार उक्त युरेनियम नेरु १५ कराेडभन्दा बढी मूल्य रहेको आंकलन गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १ : ५२ बजे