प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता

काठमाडौँ । भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता सुरु भएको छ । 

काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठ्यारोमा पर्नुभएका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुग्नुभएको छ ।

बिहान पदाधिकारी बैठक डाकेर राय लिनुभएका प्रचण्डलाई पहिलो प्रधानमन्त्री हुनका लागि सल्लाह दिनुभएको छ  । सोही सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि बालुवाटार पुग्नुभएको हो। 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : ३२ बजे