प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

कर्णालीमा एमाले संसदीय दलको नेता को ?

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश, संसदीय दलको नेताका लागि तीव्र लबिङ सुरु भएको छ । 

प्रदेशसभामा १० सांसद रहेको एमालेको संसदीय दलको नेता चयन हुन कम्तीमा ६ जनाको समर्थन आवश्यक पर्छ ।

यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलको पक्षमा हालसम्म चार जना सांसद खुल्नुभएको छ भने एमाले प्रदेश अध्यक्ष विनोद शाहको पक्षमा ६ जना सांसद खुल्नुभएको छ ।

“हालसम्म दलको नेता बन्न दुवै जनाले तीव्र आकाङ्क्षा देखाउनुभएको छ । शाह निकटका एक सांसदले भन्नुभयो, “त्यस्तो हुँदा ६ जना अहिले नै शाहको पक्षमा खुलिसकेका छौँ । चार जना उहाँको पक्षमा खुल्नुभएको छ । बहुमत ल्याउन ६ जना भए पुग्ने भएका कारण बहुमत अध्यक्ष शाहको पक्षमा देखिएको छ । उसो त दलको नेता बन्ने लाइनमा ‘क्लियर’ देखिनुभएका शाहले हालसम्म दलको नेता बन्ने घोषणा गरिसक्नुभएको छैन तर उहाँको लबिङ दलका नेता केन्द्रित नै देखिएको छ ।”

चुनावमा मुख्यमन्त्रीका दाबेदार भन्ने प्रचारित शाह र कँडेल दुवैबिच दलको नेता बन्नु प्रतिष्ठाको विषय बनेको हो ।

 पुस ११ गते कर्णाली प्रदेशसभा सदस्यको शपथ रहेको छ । 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १० : १२ बजे