नेपाल टी-२० क्रिकेट : पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगरबीच हुँदै

काठमाडौँ  । नेपाल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा आज दुई खेल हुँदै छ । 

आज पहिलो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ । खेल बिहान ९ः१५ बाट सुरु हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरको पहिलो खेलमा जित निकाल्ने दाउमा छ ।  

दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ः१५ बाट सुरु हुँदा पोखरा पहिलो जित निकाल्न चाहन्छ । पोखरा पहिलो खेलमा काठमाडौँसँग पराजित भएको थियो ।  

पुस २७ गते हुने फाइनलमा खेलको विजेताले ५५ लाख पाउनेछ । यसैगरी उपविजेताले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 

प्रतियोगिताका काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन् ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : २९ बजे