प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने

हेटौँडा​​​​​​​ । बागमती प्रदेशसभा सदस्य (सांसद)को शपथग्रहण बिहीबार हुने भएको छ । 

प्रदेशसभा सचिवालय हेटौँडामा बिहीबार दिउँसो २ः०० बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधवार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनुहुने छ ।

प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ । सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ । 

त्यस्तै, प्रदेशसभाका सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिन अघि नै उपलब्ध गराउन भनिएको छ । 

बागमती प्रदेशसभामा १०९ सांसद हुनुहुन्छ ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : २८ बजे