प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

काँग्रेस सांसदहरूलाई बालुवाटार बोलाइयो 

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले काँग्रेसका सांसदहरूलाई बालुवाटार बोलाउनुभएको छ ।

प्रधानमन्त्रीले मध्यान्ह १२ः३० बजे काँग्रेसका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो  । 

नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सांसदहरूलाई बोलाउनुभएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि पहिलो पटक सांसदहरूसँग छलफल गर्न लाग्नुभएको हो । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरूलाई बोलाउनुभएको छ ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन काँग्रेसले सांसदहरूको हस्ताक्षर गराइरहेको छ । केही सांसदले खाली कागजमा सही गरेका छन् भने बाँकीलाई हस्ताक्षर गराउन बालुवाटार बोलाइएको बुझिएको छ ।

प्रतिनिधिसभामा काँग्रेसका ८९ जना सांसद छन्। काँग्रेसले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेको छ।

राष्ट्रपतिले सरकार गठनका लागि गर्न दलहरूलाई दिनुभएको समय भोलि अपराह्न ५ः०० बजे सकिँदै छ। ​​​​​​​

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : ०४ बजे