प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिनुभएको समय भोलि सकिँदै

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समय भोलि साँझ ५ः०० सकिँदै छ। 

राष्ट्रपति भण्डारीले गत आइतबार पुस १० साँझ ५ः०० बजेभित्र संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गर्नुभएको थियो। 

राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएसँगै राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । 

राष्ट्रपतिले दिनुभएको समय दुई दिन बाँकी रहँदा राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् तर सरकार गठनका लागि अहिलेसम्म कसैले पनि बहुमत जुटाउन सकिरहेका छैनन् । 

सत्तारुढ गठबन्धन आबद्ध दलहरू औपचारिक तथा अनौपचारिक रूपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । 

नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार पनि छलफल भएको थियो तर उहाँहरू बीचको छलफल निष्कर्षविहीन बनेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच आज पनि  छलफलको तयारी रहेको बुझिएको छ । 

राष्ट्रपतिले दिनुभएको समय सीमाभित्र दलहरूले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेनन् भने दलहरूकै आग्रहमा राष्ट्रपतिले पुनः संविधानको धारा ७६ को २ अनुसार समय थप गर्ने वा संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनका लागि समय दिने सम्भावना रहन्छ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : १२ बजे