चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड सङ्क्रमित !

बेइजिङ । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।

यसलाई विश्वमा एकै दिन सबैभन्दा ठुलो सङ्ख्यामा महामारी बताइएको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसङ्ख्याको झन्डै १८ प्रतिशतमा यो भाइरसको सङ्क्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधवार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्। 

बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसङ्ख्यामा अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ । 

एजेन्सीको अनुमान अनुसार चीनको दक्षिण पश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आधाभन्दा बढी बासिन्दाहरू सङ्क्रमित भएका छन् ।

चौतर्फी विरोधपछि चीनले केही दिनअघि शून्य कोभिड नीति अन्त्य गरेको थियो ।एजेन्सी   

 

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ४६ बजे