काठमाडौँ । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आँकलन गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ ।
आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ पुस ९ गते (शनिवार)
दिउँसोː प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
२०७९ पुस १० गते (आइतबार)
दिउँसोː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
२०७९ पुस ११ गते (सोमबार)
दिउँसोː देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
रातीː देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित मिति : ९ पुस २०७९, शनिबार ७ : ११ बजे
प्रतिक्रिया