दलित गाउँका पहिलो शिक्षक

१९ केजी सुनको बेल्ट लगाएर आएका सुडानी युवक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सुनको पेटी (बेल्ट)सहित सुडानी युवक पक्राउ परेका छन् ।

दुवईको फ्लाइटबाट आएका सुडानी युवकलाई आज दिउँसो २ बजेर १५ मिनेट विमानस्थालमा भन्सारको टोलीले १९ केजी सुनको बेल्टसहित पक्राउ गरेको हो ।

पक्राउ परेका २७ वर्षीय सुडानी युवकले १९ केजी सुनको पेटी बनाइ लगाएर आएका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन सुनसहित पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : ३२ बजे