रुसले आफ्नो सशस्त्र सेनाको लडाइँ क्षमता बढाउने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो सैन्य क्षमता थप विकास गर्ने बताएका छन् ।  पश्चिमी समर्थित युक्रेनमा जारी लडाइँमा आफ्नो तयारीलाई थप बढावा दिने राष्ट्रपतिले प्रतिबद्धता  व्यक्त गरेका  छन् ।

"हाम्रा सशस्त्र बलहरूको सशस्त्र बल र लडाइँ क्षमताहरू निरन्तर बढ्दै गएको छ । यो प्रक्रिया थप तीव्र गतिमा बढ्दै जाने छ त्यो वातावरण  हामी निर्माण गर्नेछौं," पुटिनले आफ्नो देशका उच्च-पदाधिकारीहरूसँग गरेको बैठकमा भनेका छन् । "आज, हाम्रो लक्ष्य सशस्त्र सेनाको गुणात्मक नवीकरण र सुधार प्राप्त गर्न आवश्यक उपायहरूको सम्पूर्ण दायरा कार्यान्वयन गर्नु हो," पुटिनले रुसी रक्षा मन्त्रालयको बोर्डको विस्तारित बैठकमा सो धारणा राखेका छन् ।

उनले सेनालाई आणविक लडाइँ तम्तयार अवस्थामा राख्न र  थप सुधार गर्न आग्रह गरेका छन् ।  सार्वभौमसत्ता,  क्षेत्रीय अखण्डता, रणनीतिक समानता र विश्वमा सेनाको सामान्य सन्तुलन सुरक्षित छ भन्ने मुख्य ग्यारेन्टी  गर्नका निम्ति यो कदम आवश्यक रहेको  पुटिनको धारणा छ। 

रूसी नेताले नयाँ जिरकोन हाइपरसोनिक क्रूज मिसाइललाई  जोड दिंदै  जुन रूसी सेनाले जनवरीमा प्रयोग गर्न सक्षम हुने बताएका छन् ।

राष्ट्रपति पुटिनले जनवरीको शुरुमा एडमिरल गोर्शकोभ फ्रिगेटलाई नयाँ जिरकोन हाइपरसोनिक मिसाइलले सुसज्जित गरिने र त्यसको बराबरको शक्तिशाली अर्को हतियार संसारमा नभएको बताएका छन् ।   

उनले रुसको रणनीतिक आणविक शक्तिमा आधुनिक हतियारको स्तर ९१ प्रतिशत नाघेको र रणनीतिक शक्तिलाई अत्याधुनिक हतियार प्रणालीले सुसज्जित बनाउने  थप प्रतिबद्धता व्यक्त गरेका छन् । 

राष्ट्रपति पुटिनले आधुनिक वायु सुरक्षाले ढाकिएको क्षेत्रमा सञ्चालित लडाकु र बमवर्षकहरूको सङ्ख्या बढाउने पनि उल्लेख गरेका छन् ।  

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै रक्षामन्त्री सर्गेई शोइगुले रुसी सशस्त्र सेनाको सङ्ख्या बढाएर ६ लाख ९५ हजार बढाएर १५ लाख पुर्याैउने प्रस्ताव  समेत गरेका छन् ।

सोइगुले युक्रेनमा रहेका रुसी सैनिकहरूले त्यहाँ "पश्चिमका संयुक्त सेनाहरू" सँग लडिरहेको पनि बताए।

मन्त्री शोइगुले मस्कोले जारी आक्रमणको क्रममा आफ्ना सेनाहरूले कब्जा गरेको एजोभ सागरमा रहेका दुई युक्रेनी बन्दरगाह शहरहरू प्रयोग गर्ने योजना बनाएको पनि बताएका छन् ।

रासस-एएनआई

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : ५३ बजे