‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भूवन केसीको राजीनामा माग

काठमाडौँ – प्रदर्शकहरुको छाता संगठन चलचित्र संघले चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीको राजीनामा माग गरेका छन्  ।

बोर्डको अध्यक्षमा भूवन केसी आएसँगै कुनै पनि भाषाको फिल्म सेन्सर गर्नका लागि विकास बोर्डमा एक हप्ता अगाडि नै कागजपत्र पेश गर्नुपर्ने नयाँ नियमका कारण प्रदर्शक र विदेशी फिल्मका वितरकलाई टाउको दुखाईको विषय बनेपछि उनीहरुले राजीनामा मागेका हुन् । यो नियमले नेपाली निर्मातालाई राहत दिएपनि प्रदर्शक र विदेशी फिल्मका वितरकलाई टाउको दुखाईको विषय बनेको छ । यो नियम लागू भएसँगै प्रदर्शकहरुको छाता संगठन चलचित्र संघले देश व्यापीरुपमा आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरुले भूवन केसीको राजीनामा माग्ने, हल बन्द गर्ने, चलचित्र विकास बोर्डमा ताला लगाउने र विकास बोर्ड खारेजी लगायतको  मागहरु राखेका छन् ।

संघले पौषको १२ गते संचार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र वुझाउने, पौषको १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने र उक्त दिनसम्म पनि माग सम्बोधन नभएमा हल बन्द गर्ने र बोर्डमा ताला लगाउने कार्यक्रम घोषणा गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : ०८ बजे