मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

उपेन्द्रलाई प्रचण्डको प्रस्ताव : मलाई प्रधानमन्त्री बनाउन मद्दत गर्नुस्

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल (प्रचण्ड)ले  जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्नुभएको छ ।  

 बिहीबार बिहान खुमलटारमा प्रचण्ड र यादवबीच भेटघाट भएको हो । भेटकाक्रममा प्रचण्डले यादवसँग आफु प्रधानमन्त्री बन्ने दौडमा रहेकाले आफुलाई द्दद्त गर्न आग्रह गरेका थिए । प्रचण्डले सहयोगको अपेक्षा गरेपछन यादवले भने पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।   

पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका प्रचण्ड सत्ता समीकरण निर्माणको आन्तरिक गृहकार्यलाई तीब्र पारिरहनुभएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न पुस १० (आइतबार)सम्म समयसीमा दिनुभएको छ । बहुमत पुर्‍याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गर्नुभएको हो ।

सत्ता समीकरण निर्माणबारे कांग्रेस र एमालेसँग समेत समानान्तर वार्तामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरिसक्नुभएको छ । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  २ : ४२ बजे