मनसुन क्रमशः क्षीण हुँदै

न्यून चापीय प्रणालीको प्रभाव, कस्तो छ आजको मौसम ?

काठमाडौँ । नेपालको पूर्वी भू-भागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ । 

तराईका केही  भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रवार प्रदेश १, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ पुस ७ गते  (बिहीबार)
दिउँसोː
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीː प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ पुस ८ गते  (शुक्रवार)
दिउँसोː
देशका पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीː प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ पुस ९ गते (शनिवार)
दिउँसो
ː देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश न १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीː देशका पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

 

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : २७ बजे