दलित गाउँका पहिलो शिक्षक

भैरहवाका स्पा सेन्टरमा प्रहरीको अनुगमन, १५ जना नियन्त्रणमा

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । 

स्पा सेन्टरको नाममा अनैतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैङ्क रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो । 

अनुगमनको क्रममा प्रहरीले शङ्कास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । 

स्पा सेन्टरमा मापदण्ड विपरीतका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । 

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना  र हनिबाट ४ पुरुष र ५ महिला गरी ९ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई सम्झाई बुझाइ गरेर छोडिएको प्रवक्ता अर्यालले बताउनुभयो ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : २० बजे