मन्थली विमानस्थलमा पानी पस्यो

मलेसियामा बाढीको वितण्डा

क्वालालम्पुर – मलेसियामा मनसुनको कारण आएको बाढीले देशको उत्तरी क्षेत्रमा डुबानमा पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि ७० हजारभन्दा बढीलाई उद्धार केन्द्रमा पु¥याइएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

केलान्तान राज्यमा ३१ हजारभन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने हप्ताको अन्त्यमा बाढी आएपछि ३९ हजारभन्दा बढी बासिन्दालाई छिमेकी तेरेन्गानुमा अस्थायी आश्रयस्थलमा सारिएको आधिकारिक बर्नामा समाचार संस्थाले जनाएको छ । वर्षापछि प्रभावित क्षेत्रमा पानीको सतह बढेर तीन मिटरसम्म पुगेको जनाइएको छ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ५८ बजे