सुनको मूल्य ८०० रुपैयाँले बढ्यो

काठमाडौं।  सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको छ । बढेसँगै प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

 मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो। 

यस्तै, महासंघले सार्वजनिक गरेको विवरणआनुसार बुधबार तेजावी सुनको मूल्यपनि एक लाख ७०० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ४० बजे