मनसुन क्रमशः क्षीण हुँदै

गगन थापालाई आफ्नै समूहका सांसदले समेत पत्याएनन्  

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित हुनुभएको  छ । 

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेताको लागि उम्मेदवारी दिनुभएका थापा पराजित हुनुभएको हो । आज बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र प्राप्त गर्नुभयो । 

शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिनुभएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ । 

शेखर कोइराला समूहमा रहेका ३१ सांसद  र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गर्नुभएको थियो  । 

यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाउनुभएको छ । 

 

 

 

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : २८ बजे