मनसुन क्रमशः क्षीण हुँदै

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ ।

शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो । 

काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भए लगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । आज बस्ने भनिए पनि समय तोकिएको छैन । 

काँग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेता चयन गरिसकेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिनुभएको छ । 

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ । 

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : २० बजे