मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो ।

देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको निर्वाचनमा सबै ८९ जना सांसदहरूले मतदान गर्नुभएको थियो  । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : ०२ बजे