मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेस संसदीय दलको निर्वाचन सकियो, केही बेरमा नतिजा सार्वजनिक हुने

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । 

नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केही बेरमा मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने जनाइएको छ ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ४४ बजे