साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ट्विटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा

न्युयोर्क । एलोन मस्कले मङ्गलवार ट्विटरको प्रमुख कार्यकारीको पद छाड्ने घोषणा गर्नुभएको छ ।

“जागिर लिन पर्याप्त मूर्ख भेट्ने बित्तिकै म सिइओ पदबाट राजीनामा दिनेछु १ त्यसपछि, म सफ्टवेयर र सर्भर टोलीहरू चलाउनेछु”,  मस्कले ट्विटरमा लेख्नुभएको छ ।

यसअघि उहाँले ट्विटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्विटरमा सर्वेक्षण गर्नुभएको थियो ।

सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले मस्कले पद त्याग गर्नुपर्ने पक्षमा मतदान गर्नुभयो । 

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्विटरमा उहाँको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उहाँले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाउनुभएको छ ।एजेन्सी

 

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ३२ बजे