राष्ट्रपतिसमक्ष युएई,तान्जानिया र सर्वियाका राजदूतले बुझाउनुभयाे ओहदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुभएकाे छ ।  

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार छुट्टाछुट्टै नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई), तान्जानिया र सर्वियाका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुभएकाे हाे ।  

नेपालका लागि युएई राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिकले आ–आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष बुझाएको  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयाे । 

उहाँका अनुसार अलसामसी नेपालका लागि आवासीय र एमबेगा र पेभिक गैरआवासी राजदूतहरु हुनुहुन्छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ०२ बजे