मन्थली विमानस्थलमा पानी पस्यो

चीनसँगको विवादित सीमामा भारतीय सेना तैनाथ

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पु-याएको बताएका छन् । भारतले चीनलाई सीमामा यथास्थिति ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न नदिने उनले बताए ।

अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको केही दिनपछि उनको टिप्पणी आएको हो । 
चिनियाँ सेनाको अतिक्रमणका कारण भिडन्त सुरु भएको भारतले दाबी गर्दै आएको छ । 

यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले उनीहरुको जानकारी अनुसार सिमानामा स्थिति 'सामान्यतया स्थिर' रहेको र दुई पक्षले यस विषयमा वार्ता जारी राखेको जनाएको छ । 
 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ३७ बजे