दलित गाउँका पहिलो शिक्षक

बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

बारा । बारामा बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ  । 

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैयाबाट सशस्त्र प्रहरीले बिल बिजकभन्दा बढी सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले विरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ८३३४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो । 

बिल बिजकभन्दा बढी औषधी र अन्य सामान बोकेको ट्रकमा करिब ७८ प्रकारका सामाग्री रहेको प्रहरीले जनाएको छ । बरामद सामान तथा ट्रक १ करोड ३९ लाख १४ हजार ४ सय १३ रुपैयाँ कायम गरी आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : ३५ बजे