मनसुन क्रमशः क्षीण हुँदै

एमालेले आज ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम गर्दै

काठमाडौँ । नेकपा (एमाले)ले आज ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गरेको छ। 

आज अपरान्ह १२:०० बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा पार्टीका  केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । । 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेशसभामा १६१ जना सदस्य निर्वाचित भएका  छ ।

कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रियसभाका बहालवाला सदस्यहरू, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसङ्गठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसङ्गठनका थप तीन जना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ । 

 

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : १६ बजे