मनसुन क्रमशः क्षीण हुँदै

न्यून चापीय प्रणालीको सामान्य प्रभाव, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  छ ।

दिउँसो प्रदेश १ का पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती र गण्डकीका उच्च पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको पनि आँकलन महाशाखाले गरेको छ ।

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागको एक÷दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बुधवार प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ पुस ५ गते  (मङ्गलवार)
दिउँसोː
प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

रातीː प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

२०७९ पुस ६ गते (बुधवार)
दिउँसो
ː प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ पुस ७ गते (बिहीबार)
दिउँसोː 
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीː   प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : २३ बजे