मनसुन क्रमशः क्षीण हुँदै

पार्टीले हारेपछि माओवादीका रुपन्देही इन्चार्जद्वारा राजीनामा

बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिनुभएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा पार्टीले कुनै सिट जित्न नसकेको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्ज समेत रहनुभएका नेता खांँले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै रुपन्देहीमा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेकाले इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ । 

समानुपातिकतर्फ पनि २०७४ को निर्वाचनमा पाएको मत भन्दा धेरै मत घटेको र प्रतिनिधिसभातर्फ मुस्लिम क्लस्टर ‘कोल्याप्स’ भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । आफ्नो राजीनामाबाट पार्टीमा पर्न गएको असरप्रति उहाँले क्षमा याचना समेत गर्नुभएको छ  । 

रुपन्देहीमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन नै क्लिन स्वीप भएको थियो भने माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा क्लिन स्वीप भएको थियो ।

जिल्लाको मत परिणामलाई लिएर यसअघि काँग्रेसका पनि एक दर्जन नेताहरूले विज्ञप्ति निकालेर काँग्रेस जिल्ला नेतृत्वको राजीनामा मागेका थिए । उनीहरूले पराजयको नैतिक जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने समेत बताएका थिए । 

निर्वाचन परिणामलाई लिएर काँग्रेस रुपन्देहीभित्र देखिएको असन्तुष्टि अहिले पनि कायमै छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : १७ बजे