मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । 

निर्वाचन समितिले बुधवार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । 

आज दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबी विरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

संसदीय दलको नेताका मतदान भने बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्न सक्ने ठानिएको छ । काँग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ११ बजे