मनसुन क्रमशः क्षीण हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।

रास्वपा संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको रास्वपाले जनाएको छ ।

रास्वपाले मंसिर ४ गते सम्पन्न  प्रतिनिधिसभा सदस्य निर्वाचनमा  प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी १९ सिट जितेको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ३८ बजे