फ्रान्सेली राष्ट्रपतिद्वारा एमबाप्पेलाई मैदानमै गएर सान्त्वना  

पेरिस । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे ।

साबिक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिनुभएको छ । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्त्वना दिनुभएको हो । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुग्नुभएका थियो ।

एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुङ्गिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुट आउटमा फ्रान्सलाई ४ –२ ले हराएको थियो । एजेन्सी 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ४९ बजे