दलित गाउँका पहिलो शिक्षक

सशस्त्र प्रहरीको कार्यालयअघि सुन व्यापारी विकास सुनारमाथि गोली प्रहार

काठमाडाैँ । कैलालीको अत्तरियामा सुन व्यापारी विकास सुनारमाथि गोली प्रहार भएको छ । प्रहरीका अनुसार सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो ।

मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

विकासमाथि दुई वटा गोली लागेको र माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : १९ बजे