मनसुन क्रमशः क्षीण हुँदै

ओली ‘म्यान अफ दी इलेक्सन’,‘गठबन्धन स्वार्थीहरुको झुण्ड’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली ‘म्यान अफ दी इलेक्सन’ बनेका बताउनुभएको छ  ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले चौतर्फी घेराबन्दीकाबीचमा पनि अध्यक्ष ओलीले अत्यधिक मत ल्याएर ‘म्यान अफ दी इलेक्सन’ बनेका बताउनुभएको हो ।

पोखरेलले जनताले एमालेलाई तत्काल सरकारमा जाने म्यान्डेट नदिएको भन्दै प्रतिपक्षमा बस्ने बताउनुभयो ।

वर्तमान गठबन्धनको लक्ष्य, उदेश्य, नीति के हो भन्ने अहिलेसम्म खुल्न नसकेको भन्दै उहाँले गठबन्धनबाट आगामी प्रधानमन्त्री को बन्छ भन्नेमासमेत अन्योल रहेको बताउनुभयो ।पोखरेलले गठबन्धन स्वार्थीहरुको झुण्ड भएके टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ०२ बजे