नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ ।

आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ५४ अंकले घटेर १८५५ दशमलव ०६ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव २२ अङ्कले घटेर ३६२ दशमलव ८२ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ ।

आइतबारको कारोबारमा १३ वटा उपसूचक घटेर राताम्मे भएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : ५१ बजे