दलित गाउँका पहिलो शिक्षक

१४ वर्षीय बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

तेह्रथुम । तेह्रथुममा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना लाई प्रकाउ गरेको छ । 

शनिबार दिउँसो बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पाचँथर फिदिम नगरपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई  प्रहरीले पक्राउ गरेको हो ।

ती बालीकालाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा तेह्रथुमबाट खटिएको  प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : २५ बजे