मुक्तिनाथ विकास बैंकको १४.२१ प्रतिशत लभांश प्रस्ताव

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले  सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो। आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव भएको कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिएका छन ।

ढकालका अनुसार बोनस १३.५ र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश प्रस्ताव भएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १२ : ४४ बजे