विश्वकप विजेताले कति पाउँछन् ?

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल आज हुँदै छ । 

कतारको दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । 

सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुवै टोली दुई पटक च्याम्पियन भएका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो । 

कतार विश्वकप खेल मात्रै हैन, यसबाट विजयी हुनेले ठुलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ । विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ । 

यसैगरी, उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख  डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् । 

क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् । 

 

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : १८ बजे