मन्थली विमानस्थलमा पानी पस्यो

कोभिड सङ्क्रमण बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु

बेइजिङ । कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठुलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । 

सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन् । 

शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि सरकारले यसै महिनाको सुरुमा प्रतिबन्धहरू सहज बनाएको थियो । प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड सङ्क्रमणका घटनाहरू दिनहुँ बढिरहेका छन् । 

प्रतिबन्ध सहज बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको छ । शनिवार कोभिडका कारण दुई पूर्व पत्रकारको मृत्यु भएको सार्वजनिक भएको थियो । 

पिपुल्स डेलीका पूर्व रिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना यूथ डेलीका पूर्व सम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो । एजेन्सी

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ३६ बजे