मन्थली विमानस्थलमा पानी पस्यो

क्यानडाको भ्यानकुभरमा करिब दुई हजार पाँच सय किलो अफिम बरामद

भ्यानकुभर । क्यानाडाको ब्रिटिश कोलम्बिया-क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट  ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ । 

बरामाद गरिएको यो परिमाणको अफिम अहिलेसम्मको सबैभन्दा ठूलो  परिमाण हो। 
गत अक्टोबर २५ मा मेट्रो भ्यानकुभर मरीन अपरेसनले यस अनुसन्धानको आधारमा १९ समुद्री कन्टेनर भित्र सामानको जाँच गरेको थियो। एक्स-रे टेक्नोलोजी सहित पत्ता लगाउने उपकरण र प्रविधिको प्रयोग गरेर अधिकारीहरूले ढुवानी प्यालेटहरूमा  जाँज गरी सो पत्ता लगाएको बताइएको छ ।

अनुसन्धानको बारेमा कुरा गर्दै क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री मार्को मेन्डिसिनोले समुदायको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको  बताएका छन् । अवैध लागुऔषध क्यानाडामा आउनबाट रोक्न र आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  २ : ०३ बजे