मन्थली विमानस्थलमा पानी पस्यो

पेरुमा राजनीतिक संकट : राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि चर्कियो हिंसा, २० जनाको मृत्यु

लिमा ।​​​​​​​ पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ ।

हिंसात्मक प्रदर्शन भइरहेका बेला दुई सरकारी मन्त्रीले आफ्नो पद त्यागेका छन् । सुरक्षाकर्मी र पेड्रो कास्टिलोका समर्थकहरूबीच भएको झडपमा बिहीबार थप आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो सँगै जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

यसैबीच, प्रदर्शनकारीहरूले विमानस्थल बन्द गर्न बाध्य पारेपछि हजारौं पर्यटक कस्को शहरमा फसेका छन् । 

संसदले क्यास्टिलोलाई पदबाट हटाएपछि प्रदर्शन सुरु भएको हो।

पेरु वर्षौंको राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । पछिल्लो संकट डिसेम्बर ७ देखियो, जतिबेला पूर्वराष्ट्रपतिले  कांग्रेस विघटन गरेर र संकटकाल लगाउने तयारी गरे ।
तर, कास्टिलोको योजना बिफल भयो र संसदले उनलााई महाभियोग लगाउने पक्षमा मतदान गर्यो। 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : २४ बजे