मन्थली विमानस्थलमा पानी पस्यो

विश्व इतिहासमा आज

आज सन् २०२२ को १७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

​​​​​​​सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह

सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहमद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए । शरिरमा आगो लगाएको १८ दिनपछि २६ वर्षीय मोहमदको मृत्यु भएको थियो । उनको विरोध र मृत्यु ट्युनिसिया क्रान्तिका लागि एउटा उत्प्रेरक बनेको थियो । उनको मृत्युपछि अरब मुलुकमा त्यस्तै प्रकृतिका मृत्यु र विरोध प्रदर्शन भएका थिए ।

अरब क्रन्तिको सुरु

सन् २०१० मा अरब देशहरुमा क्रान्ति सुरु भएको थियो । १६ डिसेम्बरमा ट्युनिसियाका एक व्यापारीले सरकारको विरोधमा आत्मदाह गरेपछि ट्युनिसियाको आगोको झिल्को सम्पूर्ण अरब देशहरुमा फैलिएको थियो । क्रान्तिको असर पनि ट्युनिसायबाटै भएको थियो । ट्युनिसियाका तत्कालिन राष्टपति जिने इल अबिदिने बेन अलीले राजीनामा दिएसँगै फैलिएको अरब आन्दोलनले त्यस क्षेत्रका विभिन्न देशमा असर गरेको थियो ।

एनिमियटेड शृंखला  दि सिम्पसनको प्रसारण सुरु

अमेरिकाको लोकप्रिय एनिमियटेड शृंखला  दि सिम्पसनको आजकै दिनबाट टेलिभिजनमा प्रसारण सुरु भएको थियो । म्या ग्रोइनिङले निर्देशन गरेको सो शृंखलामामा सिम्पसनको परिवारको जीवनबारे चित्रण गरिएको थियो ।

राइट ब्रोदर्सको जहाज पहिलो पटक उडेको दिन

अमेरिकीका दाजुभाई ओरभिल र विलबर राइटले आविश्कार गरेको जहाजको आजकै दिन अर्थात सन् १९०३ को १७ डिसेम्बरमा पहिलो उडान भरेको थियो ।

 युगोस्लाभियाद्वारा भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा 

सन् १९५२ मा  युगोस्लाभियाले एकतर्फी रुपमा  भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा गरेको थियो । 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ५९ बजे